सुनको मूल्यमा एकैदिन रु ४,७०० को उछाल, चाँदी पनि महँगियो
काठमाडौँ, १४ असार — स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबार दिन (शुक्रबार)को
तुलनामा सुन प्रतितोला रु ४ हजार ७०० र चाँदी प्रतितोला रु १४५ ले वृद्धि भएको हो।
महासङ्घले आजका लागि
छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८३ हजार ८०० निर्धारण गरेको छ। त्यसैगरी
चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३२५ कायम गरिएको छ।
गत शुक्रबार छापावाल सुन
प्रतितोला रु २ लाख ७९ हजार १०० र चाँदी रु ४ हजार १८० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि
बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज
सुन प्रतिऔँस ४ हजार ८ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार
भइरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
सिन्धु विकास बैंकको नेतृत्वमा गणेश केसी
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले बैंकको प्रमुख कार्यकारी अधिकृ...
२४ घण्टामा उपत्यकामा एक हजार ९२२ चालक ट्राफिक कारबाहीमा, रु ५.११ लाख राजस्व सङ्कलन
काठमाडौँ, १४ असारः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९२२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व सङ्कलन भएको छ।
काठम...



