फ्रान्समा तातो लहरका कारण करिब एक हजार अतिरिक्त मृत्युको आशंका
पेरिस, १४ असार — पश्चिमी युरोपका धेरै भागहरूमा फैलिएको भीषण तातो लहरका कारण फ्रान्समा अपेक्षाभन्दा करिब एक हजार बढी मानिसको मृत्यु भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ।
पब्लिक हेल्थ फ्रान्सका
अनुसार जुन २४ पछि र पछिल्ला महिनाहरूको औसत तथ्याङ्कसँग तुलना गर्दा करिब एक हजार
अतिरिक्त मृत्यु देखिएको छ। संस्थाले जारी गरेको विज्ञप्तिमा यो प्रारम्भिक विवरण
भएको र वास्तविक संख्या अझै बढ्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
स्वास्थ्य निकायका अनुसार
गर्मीका कारण भएका कुल मृत्युहरूमध्ये करिब ८५ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका
उमेर समूहका व्यक्ति रहेका छन्। विशेषगरी पेरिस र आसपासका इल–दे–फ्रान्स क्षेत्रमा
मृत्युका घटना धेरैजसो मानिस घरमै रहेका बेला भएको पाइएको छ।
विज्ञप्तिमा अत्यधिक
गर्मीको समयमा एक्लै बस्ने वा सामाजिक रूपमा अलगिएका व्यक्तिहरू बढी जोखिममा पर्ने
भएकाले उनीहरूलाई लक्षित सहयोग र सचेतना कार्यक्रम आवश्यक रहेको पनि औंल्याइएको छ।
हालै फ्रान्सका विभिन्न
भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यद्यपि आइतबारदेखि केही
क्षेत्रमा मौसम केही हदसम्म चिसिँदै गएको जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
भेनेजुएलामा भूकम्पपछि २४ देशको साथ : राहत, उद्धार र खोजी अभियान तीव्र
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
दिल्लीको ‘फ्लोरिस स्टे’ होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु, दर्जनौँ घाइते
भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिणी क्षेत्रमा रहेको एक भीडभाडयुक्त बस्तीमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।



