मङ्गल, ०३ चैत २०८२

भेनेजुएलामा भूकम्पपछि २४ देशको साथ : राहत, उद्धार र खोजी अभियान तीव्र

Main News Image

काराकास (भेनेजुएला), १४ असार : भेनेजुएलामा केही दिनअघि गएको दुई शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोग तीव्र बनेको छ। हालसम्म २४ देशले मानवीय सहायता, विशेष उद्धार टोली तथा हजारौं आपतकालीन प्रतिक्रियाकर्मी परिचालन गर्दै विपद् व्यवस्थापनमा सहयोग गरिरहेका छन्।


शनिबार टेलिग्राममार्फत जारी विज्ञप्तिमा कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले हालसम्म ५२१ टन राहत सामग्री, ८६ वटा विशेष खोजी कुकुर टोली तथा दुई हजार ७४१ भन्दा बढी खोज, उद्धार र प्राविधिक सहयोगकर्मी भेनेजुएला पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार विदेशी उद्धार टोलीहरू भेनेजुएली सुरक्षाकर्मी तथा प्राविधिक टोलीसँग समन्वय गरी प्रभावित क्षेत्रमा निरन्तर खोज, उद्धार र राहत वितरणमा सक्रिय छन्।


सीएनएनका अनुसार, राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले बुधबार गएको विनाशकारी दुई भूकम्पका कारण हालसम्म कम्तीमा एक हजार ४३० जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ। साथै, तीन हजार २३८ जना घाइते भएका छन् भने तीन हजार १४२ परिवार घरबारविहीन बनेका छन्।


उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिएका छन्। यद्यपि, महत्वपूर्ण उद्धार समय सकिँदै जानु, भारी उपकरणको अभाव र लगातार आइरहेका पराकम्पनका कारण अभियान चुनौतीपूर्ण बन्दै गएको छ।

बुधबार क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि देशभर पटक–पटक पराकम्पन महसुस गरिएको छ। यसले उद्धार तथा राहत कार्यलाई थप जटिल बनाएको छ।


यस्तै, आइतबार युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले भेनेजुएलाको तटीय क्षेत्रमा ५.६ म्याग्निच्युडको अर्को भूकम्प गएको जनाएको छ। उक्त भूकम्पले आरागुवा तट नजिकको समुद्री क्षेत्रलाई प्रभावित गरेको थियो।


सीएनएनका अनुसार, भूकम्पको तीव्रता लोगारिदमिक म्याग्निच्युड स्केलमा मापन गरिन्छ, जहाँ प्रत्येक एक अंकको वृद्धि हुँदा ऊर्जा उत्सर्जन करिब ३२ गुणाले बढ्छ। यही कारण पहिलो भूकम्पपछि करिब ४० सेकेन्डमै गएको ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले ७.२ म्याग्निच्युडको पहिलो भूकम्पको तुलनामा धेरै शक्तिशाली कम्पन उत्पन्न गरेको थियो।

 

सम्बन्धित खबर

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

रस लाफान ग्यास केन्द्रमा भीषण विष्फोट : नेपालीसहित विभिन्न देशका नागरिक घाइते

कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको भीषण विष्फोटमा नेपालीसहित विभिन्न देशका नागरिक...

ट्रम्पको कडा चेतावनी: ‘इरानले फेरि आक्रामकता देखाए अस्तित्व नै संकटमा पर्न सक्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो आक्रामक गतिविधिले उसैलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। शनिबार सामाजिक सञ्...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

उत्तरी चीनको कोइला खानी विस्फोटमा ८२ जनाको ज्यान गयो

उत्तरी चीनमा रहेको

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...