ट्रम्पको कडा चेतावनी: ‘इरानले फेरि आक्रामकता देखाए अस्तित्व नै संकटमा पर्न सक्छ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो आक्रामक गतिविधिले उसैलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले, यदि संयुक्त राज्य अमेरिका पुनः युद्धमा संलग्न हुन बाध्य भयो भने इरानको अस्तित्व नै जोखिममा पर्ने दाबी गरेका हुन्।
यो अभिव्यक्ति अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुज
क्षेत्रमा इन्धन ढुवानी गरिरहेको पानामा-ध्वजावाहक जहाजमाथि भएको आक्रमणको
जवाफस्वरूप इरानका केही सैन्य संरचनामाथि हवाई आक्रमण गरेको भन्ने जानकारी
सार्वजनिक भएपछि आएको हो।
ट्रम्पका अनुसार इरानले शान्ति सम्झौताको
उल्लङ्घन गर्दै पुनः आक्रामक गतिविधि थालेपछि अमेरिकी सेनाले इरानी मिसाइल तथा
ड्रोन भण्डारण केन्द्र, साथै
तटीय राडार प्रणालीलाई लक्षित गर्दै कारबाही गरेको हो।
आफ्नो सन्देशमा ट्रम्पले लेखेका छन्, “हामी जति नै संयमित र तर्कसंगत बन्न
खोजे पनि एउटा यस्तो अवस्था आउन सक्छ, जहाँ हामीले सैन्य रूपमा सुरु गरेको अभियान पूरा
गर्न बाध्य हुनुपर्नेछ। यदि त्यस्तो अवस्था आयो भने ‘इस्लामिक रिपब्लिक अफ इरान’
अब अस्तित्वमा रहने छैन।”
ट्रम्पको यो चेतावनीले अमेरिका–इरानबीचको तनाव
फेरि चर्किने संकेत गरेको विश्लेषण गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
दिल्लीको ‘फ्लोरिस स्टे’ होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु, दर्जनौँ घाइते
भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिणी क्षेत्रमा रहेको एक भीडभाडयुक्त बस्तीमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
रियोको आकाशमा दुर्घटना : दुई हेलिकोप्टर ठोक्किँदा ६ जनाको मृत्यु, २० गाडी जले
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा आइतबार बिहान दुई हेलिकोप्टर आकाशमै एक–आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जनाको ज्यान गएको छ। दुर्घटनापछि दुवै हेलिकोप्टर सहरको पश्चिमी क्षेत्रमा रहेको एक इलेक्ट्रिक गाडी डिलरसि...



