मङ्गल, ०३ चैत २०८२

सभामा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी दल आक्रामक

Main News Image

काठमाडौँ, १४ असार : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे संसद्मै आएर पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आफ्ना आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्नो धारणा राख्न समय दिनुभएको थियो।

नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले संसद्मा स्पष्ट पार्नुपर्ने विषय प्रधानमन्त्रीले पार्टीको महाधिवेशनमा उठाएको भन्दै त्यसले संसद्को गरिमामाथि प्रश्न उठाएको बताउनुभयो। उहाँले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्रीले संसद्मै जवाफ दिनुपर्ने धारणा राख्नुभयो।

नेकपा (एमाले)का सांसद डा. पुष्पराज कँडेलले पनि प्रधानमन्त्री तत्काल संसद्मा उपस्थित भएर सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग गर्नुभयो। साथै, उहाँले एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रहका आधारमा पक्राउ गरेको आरोपसमेत लगाउनुभयो।

नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने दिशामा सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति असहमति जनाउनुभयो।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयमा प्रधानमन्त्री संसद्मा उपस्थित भएर स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो।

 

सम्बन्धित खबर

सरकारले नयाँ नीति ल्यायो

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला

काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...

स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न

महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...

सर्वोच्च अदालतको अवस्थाप्रति नेपाल बारको सांकेतिक विरोध, दिउँसै लालटिन बालेर प्रदर्शन

नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमप्रति...

एमालेमा हलचल, तर खुल्न डर

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

बालेन शाह प्रकरणले संसद अवरुद्ध, सभामुख प्रधानमन्त्रीसँग छलफलमा

बालेन्द्र शाह सम्बन्धी विषयलाई लिएर विपक्षी दलहरूले लगातार प्रतिनिधिस...