मङ्गल, ०३ चैत २०८२

सम्पत्ति शुद्धीकरण विधेयक सर्वसम्मतिले स्वीकृत, ‘ग्रे लिष्ट’बाट नेपाललाई बाहिर ल्याउने सरकारको प्रतिबद्धता

Main News Image

काठमाडौं, १४ असारप्रतिनिधिसभाको आजको दोस्रो बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई सर्वसम्मतिले विचारका लागि स्वीकृत गरेको छ।

अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले प्रस्तुत गरिएको उक्त विधेयकमाथि सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। सभामुखले संशोधन प्रस्ताव दर्ता गर्न इच्छुक सांसदलाई सङ्घीय संसद्को विधेयक शाखामा प्रस्ताव पेश गर्न आग्रह गर्नुभयो।

विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय समुदायले नेपालको सम्पत्ति शुद्धीकरणसम्बन्धी अवस्थालाई सूक्ष्म रूपमा नियालिरहेको उल्लेख गर्दै यस्तो ‘कालो धब्बा’बाट देशलाई मुक्त गराउन कानुनी सुधार आवश्यक रहेको बताउनुभयो।

उहाँले युरोपेली आयोगले नेपालको उड्डयन क्षेत्रमाथि लगाएको ‘कालो सूची’ हटाउने प्रयास पनि जारी रहेको जानकारी दिँदै विद्यमान कानुन र नीतिको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै, कुनै पनि व्यक्तिमाथि राजनीतिक पूर्वाग्रह वा चयनमुखी ढङ्गले अनुसन्धान नगरिने उहाँको भनाइ थियो।

विधेयकमाथिको छलफलमा सांसदहरू विश्वराज पोखरेल, विदुषी राणा, पारसमणि गेलाल, आरेन राई, चन्द्रमोहन यादव र गीता गुरुङले धारणा राख्नुभएको थियो।

छलफलका क्रममा सांसदहरूले अवैध सम्पत्ति आर्जन नियन्त्रण गर्न कानुनी व्यवस्था अझ प्रभावकारी बनाउनुपर्ने, अकुत सम्पत्ति आर्जन गर्नेहरूमाथि निष्पक्ष र भेदभावरहित अनुसन्धान हुनुपर्ने तथा नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।

 

सम्बन्धित खबर

आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं देशका विभिन्न

भारतीय कारमा नेपाली नम्बर प्लेट टाँसेर गुड्दै थिए, भेडेटारमा पक्राउ

धनकुटामा भारतीय दर्ताको सवारी साधनमा अवैध रूपमा नेपाली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

साउदीसँग श्रममन्त्री यादवको आग्रह : नेपाली श्रमिकको भिसा नरोकिने व्यवस्था गर्न अनुरोध

काठमाडौं, असार १३ — युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरसँग शिष्टाचार भेटवार्ता गर्दै नेपाली श्रमिकसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नुभएको छ।

भेटका क्रममा मन्त...

ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुबे, एकको मृत्यु, अर्का बेपत्ता

सिद्धार्थनगर (भैरहवा), १४ असारः मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना अझै बेपत्ता छन्।

लिचिबारी भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गुप्तासँग सर्वोच्चद्वारा ५० लाख धरौटी माग

गुल्मीमा दुःखद् दिन : सर्पदंशबाट महिला घाइते, खोलामा डुबेर बालकको मृत्यु

गुल्मी । गुल्मीमा आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा एक महिला सर्पदंशबाट घाइते भएकी छन् भने एक बालकको खोलामा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–१ नयाँगाउँ निवासी २५...