पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित, मध्य असारसम्म ३८ प्रतिशत मात्रै सम्पन्न
बागलुङ, १६ असार — पर्याप्त वर्षा नहुँदा बागलुङमा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ। अघिल्लो वर्ष मध्य असारसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सोही अवधिसम्म ३८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ।
जिल्लाको कुल पाँच हजार ७१० हेक्टर क्षेत्रफलमा
धानखेती हुनेमध्ये हालसम्म दुई हजार १७० हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि
ज्ञान केन्द्र बागलुङका प्रमुख कुमार पुनमगरले जानकारी दिनुभयो। उहाँका अनुसार यस
अवधिसम्म आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सकिनुपर्ने भए पनि पर्याप्त वर्षा नहुँदा
अधिकांश खेत बाँझै छन्।
पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए पनि
जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन्। खोला तथा सिँचाइको सुविधा
भएका क्षेत्रमा मात्रै रोपाइँ सम्भव भएको प्रमुख पुनमगरले बताउनुभयो।
उहाँले भन्नुभयो, “यस समयसम्म आधाभन्दा बढी क्षेत्रमा
धान रोपिसक्नुपर्ने हो। तर वर्षा नहुँदा पानीका मुहान फुटेका छैनन्। खोलानालामा
पनि पानीको मात्रा निकै कम भएकाले सिँचाइ व्यवस्थापनमा समस्या भएको छ। नियमित
सिँचाइ सुविधा भएका क्षेत्रका खेतमा मात्रै रोपाइँ भएको छ, अन्य ठाउँमा अझै सुरु हुन सकेको
छैन।”
निसीखोला, गलकोट र ढोरपाटनका केही क्षेत्रमा रोपाइँ भए पनि
बागलुङ नगरपालिका, बडिगाड, जैमिनी र बरेङलगायतका क्षेत्रमा
रोपाइँ सुरु हुन सकेको छैन।
निसीखोला गाउँपालिका–४ का किसान तुलप्रसाद
पौडेलले जेठको अन्तिम साता रोपाइँ गरे पनि वर्षा नहुँदा रोपेको धान सुक्न थालेको
बताउनुभयो। उहाँका अनुसार तीन–चार महिनादेखि पर्याप्त वर्षा नहुँदा धानसँगै बारीमा
लगाएको मकै पनि सुक्ने अवस्थामा पुगेको छ।
उहाँले भन्नुभयो, “सुरुमै वर्षा हुन्छ भन्ने आशामा
रोपाइँ गर्यौँ। तर अहिलेसम्म पर्याप्त पानी नपर्दा धानका बिरुवा मर्न थालेका छन्।
खेत खाली हुने अवस्था आएको छ।”
यस्तै, बडिगाड गाउँपालिका–५ का किसान पुस्कर घिमिरेले
लामो खडेरीका कारण ब्याडमा राखिएको धानको बिउसमेत सुक्ने अवस्थामा पुगेको
बताउनुभयो। खोलानालामा पानीको मात्रा न्यून भएकाले सिँचाइ गर्न कठिन भएको र राम्रो
वर्षा नभएसम्म रोपाइँ अघि बढाउन नसकिने उहाँको भनाइ छ।
कृषि ज्ञान केन्द्रका अनुसार बागलुङमा वार्षिक
करिब २० हजार ६०० मेट्रिकटन धान उत्पादन हुने गरेको छ। कृषकहरू समयमै पर्याप्त
वर्षा नहुँदा यस वर्ष उत्पादनमा समेत असर पर्ने चिन्तामा छन्।
एक्सप्रेस
सम्बन्धित खबर
पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...
तनहुँमा वन्यजन्तु–मानव द्वन्द्व : नौ वर्षमा १७ बालबालिकाको ज्यान गयाे
तनहुँ जिल्लामा पछिल्लो नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १७ जना बालबालिकाले ज्यान ग...
विद्यालयबाट घर फर्कंदै गरेका दुई बालकलाई भेलले बगायो, एकको मृत्यु, अर्का अझै बेपत्ता
प्युठानको नौबहिनी गाउँपालिका–५ डाम्री काँटेमा वर्षासँगै आएको आकस्मिक बाढीले दुई बालकलाई बगाउँदा एक जनाको ज्यान गएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन्।
स्थानीय याम बहादुर खत्रीका दुई छोरा, कक्षा १ मा अध्ययनरत करिब ७ वर्षीय बिमल खत्री...
यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड
गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...
पहिरोका कारण मेची राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
फिक्कल (इलाम), १४ असारः लगातारको वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।
इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूप...


