मङ्गल, ०३ चैत २०८२

पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित, मध्य असारसम्म ३८ प्रतिशत मात्रै सम्पन्न

Main News Image

बागलुङ, १६ असार — पर्याप्त वर्षा नहुँदा बागलुङमा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ। अघिल्लो वर्ष मध्य असारसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सोही अवधिसम्म ३८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ।

जिल्लाको कुल पाँच हजार ७१० हेक्टर क्षेत्रफलमा धानखेती हुनेमध्ये हालसम्म दुई हजार १७० हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख कुमार पुनमगरले जानकारी दिनुभयो। उहाँका अनुसार यस अवधिसम्म आधाभन्दा बढी क्षेत्रमा रोपाइँ सकिनुपर्ने भए पनि पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै छन्।

पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन्। खोला तथा सिँचाइको सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ सम्भव भएको प्रमुख पुनमगरले बताउनुभयो।

उहाँले भन्नुभयो, “यस समयसम्म आधाभन्दा बढी क्षेत्रमा धान रोपिसक्नुपर्ने हो। तर वर्षा नहुँदा पानीका मुहान फुटेका छैनन्। खोलानालामा पनि पानीको मात्रा निकै कम भएकाले सिँचाइ व्यवस्थापनमा समस्या भएको छ। नियमित सिँचाइ सुविधा भएका क्षेत्रका खेतमा मात्रै रोपाइँ भएको छ, अन्य ठाउँमा अझै सुरु हुन सकेको छैन।”

निसीखोला, गलकोट र ढोरपाटनका केही क्षेत्रमा रोपाइँ भए पनि बागलुङ नगरपालिका, बडिगाड, जैमिनी र बरेङलगायतका क्षेत्रमा रोपाइँ सुरु हुन सकेको छैन।

निसीखोला गाउँपालिका–४ का किसान तुलप्रसाद पौडेलले जेठको अन्तिम साता रोपाइँ गरे पनि वर्षा नहुँदा रोपेको धान सुक्न थालेको बताउनुभयो। उहाँका अनुसार तीन–चार महिनादेखि पर्याप्त वर्षा नहुँदा धानसँगै बारीमा लगाएको मकै पनि सुक्ने अवस्थामा पुगेको छ।

उहाँले भन्नुभयो, “सुरुमै वर्षा हुन्छ भन्ने आशामा रोपाइँ गर्यौँ। तर अहिलेसम्म पर्याप्त पानी नपर्दा धानका बिरुवा मर्न थालेका छन्। खेत खाली हुने अवस्था आएको छ।”

यस्तै, बडिगाड गाउँपालिका–५ का किसान पुस्कर घिमिरेले लामो खडेरीका कारण ब्याडमा राखिएको धानको बिउसमेत सुक्ने अवस्थामा पुगेको बताउनुभयो। खोलानालामा पानीको मात्रा न्यून भएकाले सिँचाइ गर्न कठिन भएको र राम्रो वर्षा नभएसम्म रोपाइँ अघि बढाउन नसकिने उहाँको भनाइ छ।

कृषि ज्ञान केन्द्रका अनुसार बागलुङमा वार्षिक करिब २० हजार ६०० मेट्रिकटन धान उत्पादन हुने गरेको छ। कृषकहरू समयमै पर्याप्त वर्षा नहुँदा यस वर्ष उत्पादनमा समेत असर पर्ने चिन्तामा छन्।

 

सम्बन्धित खबर

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

रूखबाट खसेर नौ वर्षीया बालिकाको मृत्यु

बाजुरा, १३ असार: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रूखबाट खसेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाउलाकी आइते रावतकी नौ वर्षीया छोरी प्रिन्सा र...

ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन बिक्री, रु २५ लाखको कारोबार

बागमती,

लुम्बिनीमा बृहत् वृक्षरोपण अभियान सुरु, ६० हेक्टरमा बिरुवा रोपिने

लुम्बिनी, १४ असार : लुम्बिनी प्रदेशमा आजदेखि बृहत्...

जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान

जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहर...

ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...