साउदीसँग श्रममन्त्री यादवको आग्रह : नेपाली श्रमिकको भिसा नरोकिने व्यवस्था गर्न अनुरोध
काठमाडौं, असार १३ — युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरसँग शिष्टाचार भेटवार्ता गर्दै नेपाली श्रमिकसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नुभएको छ।
भेटका क्रममा मन्त्री यादवले साउदी सरकारले लागू गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रिया तत्कालका लागि स्थगित गर्न आग्रह गर्नुभयो। उहाँले उक्त प्रक्रियाका कारण श्रमिकको भिसा जारी गर्ने कार्य प्रभावित नहोस् र हालको भिसा प्रक्रिया पूर्ववत् सञ्चालन हुने वातावरण बनाउन पनि अनुरोध गर्नुभयो।
साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सीप प्रमाणीकरण प्रक्रियाबारेको अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै मन्त्री यादवले रोजगारीमा कुनै अवरोध नआउने सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो। साथै, एसभिपीसँग सम्बन्धित विषयहरू द्विपक्षीय परामर्श र आपसी सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो।
राजदूत मिएखरले भने यस विषयमा साउदी सरकारसँग आवश्यक परामर्श गरेपछि थप जानकारी उपलब्ध गराइने बताउनुभएको श्रममन्त्रीको सचिवालयले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...
उज्यालोको पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु
काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्य...
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखरको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको बताए ।...
समृद्ध कर्णालीको लक्ष्यसहित आगामी बजेट ल्याइने : मन्त्री शाह
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आग...



