लुम्बिनीको नयाँ बजेट आज सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार गरेको बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत हुने नवौँ बैठकमा साँझ ५ बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले बजेट पेश गर्ने कार्यसूची रहेको छ।
प्रदेश सरकारले यस वर्ष पनि अघिल्लो वर्षकै आकारको बजेट ल्याउने तयारी गरेको जनाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याइएको थियो भने आगामी वर्षका लागि करिब ३८ अर्ब रुपैयाँ आसपासको बजेट सार्वजनिक हुने अपेक्षा गरिएको छ।
सीमित वित्तीय स्रोत, बढ्दो दायित्व र अधुरा विकास आयोजनालाई ध्यानमा राख्दै सरकारले दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय योजना तथा क्रमागत कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताइएको छ।
सरकारले आगामी बजेटलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, सुशासन प्रवर्द्धन तथा सामाजिक न्यायको लक्ष्यसँग जोडेको छ। विशेषगरी कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ सुविधा विस्तार, जैविक खेती प्रवर्द्धन, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उपजको ब्रान्डिङ तथा मूल्य शृङ्खला विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।
कृषि उत्पादन बढाएर आयातमा निर्भरता घटाउने र निर्यात प्रवर्द्धन गर्ने नीति पनि बजेटका प्रमुख एजेन्डामध्ये एक हुने सरकारको तयारी छ। बजेटमार्फत आर्थिक गतिविधि विस्तार गर्दै प्रदेशको समग्र विकासलाई गति दिने अपेक्षा गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोप...
साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से...
नेप्से परिसूचक दोहोरो अंकले घट्यो, चार अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६...
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड
कैलाली । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपल...
स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक
आज ३०.७५ अंकले बढ्यो नेप्से, ९ अर्ब २० करोड माथिको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०।७५ अंकले बढेर २६३१.१४ को विन्दुमा आईपुगेको छ । नेप्सेमा यसदिन ३०० कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड माथिको...



