देशभर मनसुनी गतिविधि सक्रिय, कोशीमा भारी वर्षा र हावाहुरीको सम्भावना
काठमाडौँ, १५ असारः देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव कायम रहेको छ भने बाँकी क्षेत्रमा पनि आगामी दुई–तीन दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायु सक्रिय छ। अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आगामी दुई–तीन दिनभित्र मनसुन फैलिने सम्भावना रहेको जनाएको छ।
हाल कोशी र मधेस प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।
कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै कोशीको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराईका धेरै स्थानमा, साथै लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
गुल्मीमा दुःखद् दिन : सर्पदंशबाट महिला घाइते, खोलामा डुबेर बालकको मृत्यु
गुल्मी । गुल्मीमा आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा एक महिला सर्पदंशबाट घाइते भएकी छन् भने एक बालकको खोलामा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–१ नयाँगाउँ निवासी २५...
ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन बिक्री, रु २५ लाखको कारोबार
केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी
काफल बेच्ने महिलामाथि नगर प्रहरीको व्यवहारप्रति आक्रोश
सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलासँग नगर प्रहरीले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म तीव्र आलोचना भइरहेको छ।
<...शिक्षक सेवा आयोगको लिखित परीक्षा केन्द्र परिवर्तन
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प...



