दही–चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइँदै, पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित
काठमाडौँ, १५ असार: प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर खेतमा धान रोप्दै र दही–चिउरा खाएर उत्साहपूर्वक मनाइँदैछ। कृषिप्रधान नेपालमा यो दिनलाई धान रोपाइँसँगै दही–चिउरा खाने सांस्कृतिक पर्वका रूपमा पनि विशेष महत्त्वका साथ मनाउने गरिन्छ।
कामको चटारोले थकित किसानले शक्ति र शीतलताका लागि दही–चिउरा खाने परम्परा रहिआएको छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा संलग्न नेपालीले पनि आजको दिन दही–चिउरा खाएर असार १५ मनाउने गर्छन्।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्यका लागि घरबाट निस्कँदा, विदेश जाँदा वा अन्य महत्त्वपूर्ण कामअघि दही–अक्षता लगाउने तथा सगुनका रूपमा दही खुवाउने परम्परा रहिआएको छ। दही खाएर हिँडे शुभ साइत पर्ने जनविश्वास पनि प्रचलित छ।
वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। यसले पाचन शक्ति बढाउने, शरीरलाई शीतलता दिने तथा पखालालगायत केही स्वास्थ्य समस्यामा समेत उपयोगी हुने विश्वास छ। आयुर्वेदमा भोजनपछि मोही पिउनुलाई स्वास्थ्यका लागि लाभदायक मानिएको उल्लेख पाइन्छ।
नेपालमा राष्ट्रिय धान दिवस विसं २०६२ असार १५ गतेदेखि मनाउन थालिएको हो। विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यो दिवस औपचारिक रूपमा सुरु गरिएको थियो।
असार महिनामा किसान वर्षभरका लागि आवश्यक अन्न उत्पादनको तयारीस्वरूप धान रोपाइँमा व्यस्त हुन्छन्। आजका दिन असारे भाका गाउँदै, हिलोमा रमाउँदै सामूहिक रूपमा धान रोप्ने परम्परा रहेको छ। हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने र असारमा एकपटक हिलोमा पस्नैपर्ने जनविश्वास पनि नेपाली समाजमा प्रचलित छ।
यद्यपि, यस वर्ष असारको मध्यसम्म पनि देशका सबै क्षेत्रमा पर्याप्त वर्षा नहुँदा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। केही स्थानमा रासायनिक मल अभावको गुनासो किसानले गरेका छन्। भने कृषि, वन तथा वातावरण मन्त्रालयले पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
दक्षिण एसियामा वन क्षेत्रको उपलब्धतामा नेपाल दोस्रो, बढ्दै छ हरियाली
नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...
सगरमाथा आधार शिविरबाट चमत्कारिक उद्धार : एक सातापछि जीवितै भेटिए दावा शेर्पा
काठमाडौं — सगरमाथा आधार शिविर नजिकको खुम्बु आइसफल क्षेत्रमा एक सातादे...
साउदीसँग श्रममन्त्री यादवको आग्रह : नेपाली श्रमिकको भिसा नरोकिने व्यवस्था गर्न अनुरोध
काठमाडौं, असार १३ — युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरसँग शिष्टाचार भेटवार्ता गर्दै नेपाली श्रमिकसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नुभएको छ।
भेटका क्रममा मन्त...
लुम्बिनीमा बृहत् वृक्षरोपण अभियान सुरु, ६० हेक्टरमा बिरुवा रोपिने
लुम्बिनी, १४ असार : लुम्बिनी प्रदेशमा आजदेखि बृहत्...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु
लुम्बिनी, १३ असारः प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार उपप्रमुख रानाले आज...



