नाटक ‘महाभारत’ आजदेखि मञ्चन हुँदै, रंगमञ्चमा मनोज गजुरेलको डेब्यु
काठमाडौं । ‘सेतो धरती’को सफल प्रदर्शनपश्चात्
कान्तिपुर फिल्म एकेडेमीको कान्तिपुर थिएटरमा आजबाट नयाँ नाटक ‘महाभारत’ मञ्चन
सुरु हुँदैछ। यस नाटकबाट चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेलले पहिलोपटक नाट्य
अभिनयमा डेब्यु गर्दैछन्।
नाटकमा गजुरेलका साथमा वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र
सुवर्ण थापाको प्रभावशाली अभिनय रहनेछ। यसका अतिरिक्त सन्दीप श्रेष्ठ, प्रतीक चौधरी, सुपज्ञा शर्मासहित अन्य २० जना
कलाकारहरूलाई मञ्चमा देख्न सकिनेछ।
भारतीय लेखक कुलदीप कुणालद्वारा लिखित यस नाटकलाई नवीन भट्टले नेपाली
रूपान्तरण, डिजाइन तथा
निर्देशन गरेका हुन्। प्रकाश दाहालले अनुवाद गरेको यस नाटकको सेट डिजाइन तुफान
थापा र लाइट डिजाइन दीपेश गजुरेलले गरेका छन्। त्यसैगरी, सङ्गीत संयोजन तथा गायनको जिम्मा
अनुप तिमिल्सिनाले लिएका छन् भने कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश
पुरीले गरेका छन्।
आगामी असार ७ गतेसम्म चल्ने यो नाटक हरेक हप्ताको बुधबार बाहेक दैनिक
साँझ ५:१५ बजे मञ्चन हुनेछ। सार्वजनिक बिदाका दिनहरूमा भने दिउँसो १:१५ बजे
अतिरिक्त शोको व्यवस्था गरिएको छ। दर्शकका लागि ५०० र १००० रुपैयाँको टिकट दर
तोकिएको छ भने विद्यार्थीहरूले सीमित कोटा अन्तर्गत ३०० रुपैयाँमै नाटक हेर्न
पाउनेछन्। टिकट बुकिङ कान्तिपुर थिएटरको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा
उपलब्ध लिंकमार्फत गर्न सकिनेछ।
यसअघि रेखा थापा, जीवन लुइँटेल, सनिशा भट्टराई र बेनिशा हमाल जस्ता चर्चित अनुहारलाई लिएर
‘मीरा’, ‘शिरीषको
फूल’, ‘महारानीको
जात्रा’ र ‘सेतो धरती’ जस्ता सफल नाटकहरू मञ्चन गरिसकेको कान्तिपुर थिएटरले
‘महाभारत’पछि सुविन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’मा आधारित नाटक ल्याउने
घोषणा पनि गरिसकेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने
काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने...



