सम्पत्ति शुद्धीकरण विधेयक सर्वसम्मतिले स्वीकृत, ‘ग्रे लिष्ट’बाट नेपाललाई बाहिर ल्याउने सरकारको प्रतिबद्धता
काठमाडौं, १४ असार — प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई सर्वसम्मतिले विचारका लागि स्वीकृत गरेको छ।
अध्यादेशलाई
प्रतिस्थापन गर्ने उद्देश्यले प्रस्तुत गरिएको उक्त विधेयकमाथि सैद्धान्तिक
छलफलपछि निर्णयार्थ पेश गर्दा बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। सभामुखले
संशोधन प्रस्ताव दर्ता गर्न इच्छुक सांसदलाई सङ्घीय संसद्को विधेयक शाखामा
प्रस्ताव पेश गर्न आग्रह गर्नुभयो।
विधेयक प्रस्तुत
गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय समुदायले नेपालको
सम्पत्ति शुद्धीकरणसम्बन्धी अवस्थालाई सूक्ष्म रूपमा नियालिरहेको उल्लेख गर्दै
यस्तो ‘कालो धब्बा’बाट देशलाई मुक्त गराउन कानुनी सुधार आवश्यक रहेको बताउनुभयो।
उहाँले युरोपेली
आयोगले नेपालको उड्डयन क्षेत्रमाथि लगाएको ‘कालो सूची’ हटाउने प्रयास पनि जारी
रहेको जानकारी दिँदै विद्यमान कानुन र नीतिको प्रभावकारी कार्यान्वयनमा सरकार
प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै, कुनै पनि व्यक्तिमाथि
राजनीतिक पूर्वाग्रह वा चयनमुखी ढङ्गले अनुसन्धान नगरिने उहाँको भनाइ थियो।
विधेयकमाथिको छलफलमा
सांसदहरू विश्वराज पोखरेल, विदुषी राणा, पारसमणि गेलाल, आरेन राई, चन्द्रमोहन यादव र गीता गुरुङले धारणा राख्नुभएको थियो।
छलफलका क्रममा
सांसदहरूले अवैध सम्पत्ति आर्जन नियन्त्रण गर्न कानुनी व्यवस्था अझ प्रभावकारी
बनाउनुपर्ने, अकुत सम्पत्ति आर्जन गर्नेहरूमाथि
निष्पक्ष र भेदभावरहित अनुसन्धान हुनुपर्ने तथा नेपाललाई सम्पत्ति
शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार सक्रिय हुनुपर्नेमा जोड
दिएका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
जनकपुरको जिरोमाइल फलफूल मण्डी विवादः व्यवसायीको दुई महिनाको मोहलत माग, जग्गाधनीको तत्काल खाली गराउने अडान
जनकपुरधामको जिरोमाइलस्थित फलफूल मण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। आँपको सिजन सुरु भइसकेको अवस्थामा वैकल्पिक व्यवस्थाबिनै तत्काल स्थान छाड्न दबाब दिइएको भन्दै उनीहर...
विद्यालयबाट घर फर्कंदै गरेका दुई बालकलाई भेलले बगायो, एकको मृत्यु, अर्का अझै बेपत्ता
प्युठानको नौबहिनी गाउँपालिका–५ डाम्री काँटेमा वर्षासँगै आएको आकस्मिक बाढीले दुई बालकलाई बगाउँदा एक जनाको ज्यान गएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन्।
स्थानीय याम बहादुर खत्रीका दुई छोरा, कक्षा १ मा अध्ययनरत करिब ७ वर्षीय बिमल खत्री...
कञ्चनपुरमा विपद् पूर्वतयारी: महाकाली नदीमा सेनाद्वारा ‘अभ्यास मनसुन–६’ सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला
काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...
जुम्लाको टाम्टी केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प
मनसुन सक्रिय बन्दै, असार १६–१७ मा देशभर भारी वर्षाको चेतावनी
काठमाडौँ, १४ असारः नेपालमा मनसुन क्रमशः सक्रिय बन्दै गएसँगै आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन जारी गर्दै सर्वसाधा...



