मङ्गल, ०३ चैत २०८२

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित; राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल जारी

Main News Image

काठमाडौँ, १४ असार — प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो।

बैठकका क्रममा सांसदहरू हरिप्रसाद भुसाल र सुशील खड्काले विधेयकमाथि राख्नुभएको संशोधन फिर्ता लिनुभएको थियो। त्यस्तै, सांसदहरू गङ्गालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले दर्ता गर्नुभएको संशोधन भने बहुमतले अस्वीकृत गरेको थियो।

यसैबीच, प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल जारी रहेको छ।

 

सम्बन्धित खबर

सिन्धु विकास बैंकको नेतृत्वमा गणेश केसी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड ले बैंकको प्रमुख कार्यकारी अधिकृ...

काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने

 काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...

२४ घण्टामा उपत्यकामा एक हजार ९२२ चालक ट्राफिक कारबाहीमा, रु ५.११ लाख राजस्व सङ्कलन

काठमाडौँ, १४ असारः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९२२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व सङ्कलन भएको छ।

काठम...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

बजेटअघि बैंकर्स संघको सरकारलाई दबाब : कर कटौतीदेखि नीतिगत सुधारसम्मका माग

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...