मङ्गल, ०३ चैत २०८२

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

Main News Image

फिक्कल (इलाम), १४ असारः लगातारको वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।

इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सडकखण्डमा यसअघि पनि पटक–पटक लेदोसहितको पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

सडक खुलाउने प्रयासस्वरूप बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। हाल साना सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गराउने तयारी भइरहेको भए पनि लगातार लेदो झरिरहेकाले ठूला सवारीसाधन सञ्चालनमा आउन भने केही समय लाग्ने जनाइएको छ।

“गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ। साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउन बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्छ,” प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो।

यसैबीच, मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ स्थित इलाम–झापा सीमाक्षेत्रमा ढिस्को र दुईवटा रूख ढलेपछि अर्को सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार उक्त स्थानमा पनि सडक खुलाउने प्रयास जारी छ।

सडक अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। इलाम, पाँचथर र ताप्लेजुङबाट झापा तथा झापाबाट पूर्वी पहाडी जिल्लातर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन्।

सम्बन्धित खबर

रेसुङ्गा–६ मा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ठूलो क्षति टर्‍यो

गुलमी । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत छाप र नेटाखर्क क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीयवासी त्रसित बनेका थिए भने बस्तीमा क्षति पुग्ने जोखिम बढेको थियो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मीबाट खटिएको...

रघुगङ्गा गाउँपालिकाको कडाइ: अवैध क्रसर उद्योग एक महिनाभित्र हटाउन निर्देशन

म्याग्दी, १२ असार — रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

आकर्षक वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई आकर्षक तलबको प्रलोभन देखाई रकम असुलेर सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ मा बसोबास गर्दै आएका बारा निजगढ नगरपालिका–१३ का ४९ वर्षीय सुर...

प्रहरी दिवसमा सम्मानित हुँदा भावविह्वल शहिद प्रहरी परिवार (तस्विरहरु)

काठमाडौँ । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समरोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश...