मङ्गल, ०३ चैत २०८२

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.३४

Main News Image

काठमाडौँ, १४ असारनेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर रु १५०.७४ र बिक्रीदर रु १५१.३४ कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर रु १७१.९६ र बिक्रीदर रु १७२.६४, बेलायती पाउण्ड स्टर्लिङको खरिददर रु १९९.२८ र बिक्रीदर रु २००.०७ तथा स्विस फ्र्याङ्कको खरिददर रु १८६.५२ र बिक्रीदर रु १८७.२७ निर्धारण गरिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर रु १०४.०३ र बिक्रीदर रु १०४.४४, क्यानेडियन डलरको खरिददर रु १०६.२६ र बिक्रीदर रु १०६.६९, तथा सिङ्गापुर डलरको खरिददर रु ११६.५२ र बिक्रीदर रु ११६.९९ तोकिएको छ।

जापानी येन १० को खरिददर रु ९.३३ र बिक्रीदर रु ९.३६, चिनियाँ युआन एकको खरिददर रु २२.१७ र बिक्रीदर रु २२.२६, साउदी रियालको खरिददर रु ४०.१४ र बिक्रीदर रु ४०.३०, तथा कतारी रियालको खरिददर रु ४१.३९ र बिक्रीदर रु ४१.५६ कायम गरिएको छ।

यस्तै, थाई भाटको खरिददर रु ४.५२ र बिक्रीदर रु ४.५४, यूएई दिरामको खरिददर रु ४१.०४ र बिक्रीदर रु ४१.२१, मलेसियन रिङ्गेटको खरिददर रु ३६.८८ र बिक्रीदर रु ३७.०३, दक्षिण कोरियाली वन १०० को खरिददर रु ९.८० र बिक्रीदर रु ९.८४, स्विडिस क्रोनरको खरिददर रु १५.५५ र बिक्रीदर रु १५.६१, तथा डेनिस क्रोनरको खरिददर रु २३.०० र बिक्रीदर रु २३.१० तोकिएको छ।

यसैगरी हङकङ डलर एकको खरिददर रु १९.२२ र बिक्रीदर रु १९.३०, कुवेती दिनारको खरिददर रु ४८९.५७ र बिक्रीदर रु ४९१.५२, बहराइन दिनारको खरिददर रु ३९९.८४ र बिक्रीदर रु ४०१.४३, तथा ओमानी रियालको खरिददर रु ३९१.५५ र बिक्रीदर रु ३९३.११ निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण सम्बन्धित बैंक तथा केन्द्रीय बैंकको वेबसाइटबाट हेर्न सकिने उल्लेख गरिएको छ।

 

सम्बन्धित खबर

काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट असार ४ गते आउने

 काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
सोमबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनले महानगरको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। यसअघि आइतबार बसेको बैठकमा कार्यवाहक प्र...

नेपालबाट वाल स्ट्रिटसम्म : काठमाडौंमा क्रस रिभर बैंकको ऐतिहासिक पहल, विश्व वित्तीय प्रणालीसँग नेपाललाई जोड्ने नयाँ अभियान

काठमाडौं

नेप्सेमा उत्साह कायम : परिसूचक २७.८५ अंकले उकालो, कारोबार रकम झन्डै ६ अर्ब

काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सच...

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

मर्मतपश्चात् अप्पर माई जलविद्युत आयोजनाबाट पुनः उत्पादन सुरु

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...