सभामा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी दल आक्रामक
काठमाडौँ, १४ असार : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे संसद्मै आएर पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठक
सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आफ्ना आसनबाट उठेपछि सभामुख डोलप्रसाद
अर्यालले उनीहरूलाई आफ्नो धारणा राख्न समय दिनुभएको थियो।
नेपाली कांग्रेसकी सांसद
रेनुका काउँचाले संसद्मा स्पष्ट पार्नुपर्ने विषय प्रधानमन्त्रीले पार्टीको
महाधिवेशनमा उठाएको भन्दै त्यसले संसद्को गरिमामाथि प्रश्न उठाएको बताउनुभयो।
उहाँले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्रीले संसद्मै जवाफ दिनुपर्ने धारणा
राख्नुभयो।
नेकपा (एमाले)का सांसद डा.
पुष्पराज कँडेलले पनि प्रधानमन्त्री तत्काल संसद्मा उपस्थित भएर सीमा सम्बन्धी
अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग गर्नुभयो। साथै, उहाँले एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले
पूर्वाग्रहका आधारमा पक्राउ गरेको आरोपसमेत लगाउनुभयो।
नेपाल कम्युनिष्ट पार्टीका
सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने दिशामा
सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेशसभा खारेज गरी
सङ्घीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति
असहमति जनाउनुभयो।
श्रम संस्कृति पार्टीका
सांसद आरेन राईले राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयमा प्रधानमन्त्री संसद्मा
उपस्थित भएर स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी
आजबाट तिहार सुरु, यमपञ्चकको पहिलो दिन काग तिहार मनाईदै
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
कात्तिक २ गतेसम्मको बक्यौता नतिरे उद्योगको लाइन काट्ने प्राधिकरणको चेतावनी
नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने...
तनहुँमा वन्यजन्तु–मानव द्वन्द्व : नौ वर्षमा १७ बालबालिकाको ज्यान गयाे
तनहुँ जिल्लामा पछिल्लो नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १७ जना बालबालिकाले ज्यान ग...
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण...



