लागुऔषध सेवनपछि सार्वजनिक सवारी चलाउँदै गरेका दुई चालक सिन्धुपाल्चोकमा पक्राउ
सिन्धुपाल्चोकमा लागुऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक
प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय बाह्रबिसेको संयुक्त
टोलीले बाह्रबिसे नगरपालिका–३ खुर्सानबारीस्थित अरनिको राजमार्गमा सवारी जाँचका
क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा
बाह्रबिसे नगरपालिका–६ का २४ वर्षीय युवराज सेवा र भोटेकोशी गाउँपालिका–१ का ३४
वर्षीय भगवान कार्की रहेका छन्। प्रहरीका अनुसार परीक्षणका क्रममा दुवैले लागुऔषध
सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ
परेका दुवै जनाविरुद्ध लागुऔषध सेवनसम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको
जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो
विराटनगर । झापाको शिवशताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी...
मितेरी सहकारी ठगीमा मुछिएकी कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योतीविरुद्ध अदालतको २१ दिने म्याद
ललितपुर ।
केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी
स्रोत नखुलेको १५ लाखसहित चार जना प्रहरी नियन्त्रणमा
रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन...
काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न पाँच स्थानबाट सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ बराबरको धनमा...
चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल
रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...



