मङ्गल, ०३ चैत २०८२

लागुऔषध सेवनपछि सार्वजनिक सवारी चलाउँदै गरेका दुई चालक सिन्धुपाल्चोकमा पक्राउ

Main News Image

सिन्धुपाल्चोकमा लागुऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय बाह्रबिसेको संयुक्त टोलीले बाह्रबिसे नगरपालिका–३ खुर्सानबारीस्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–६ का २४ वर्षीय युवराज सेवा र भोटेकोशी गाउँपालिका–१ का ३४ वर्षीय भगवान कार्की रहेका छन्। प्रहरीका अनुसार परीक्षणका क्रममा दुवैले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सेवनसम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

सम्बन्धित खबर

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पती शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो...

नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार...

निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी

काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले...

मनमैजुमा हात्तीको दाह्रासहित ५ जना पक्राउ, ट्रामाडोल पनि बरामद

काठमाडौंको मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री वितरण गर्ने तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्याल...