निको कप महिला टी-२० क्रिकेटको उपाधिका लागि आज एपिएफ र कोशी भिड्दै
जनकपुरधाम, १४ असारः मधेस प्रदेशमा जारी निको कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।
पर्साको वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
कोशी प्रदेशले सेमिफाइनलमा बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। यता, नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि नेट रनरेटका आधारमा एपिएफ फाइनलमा पुगेको हो।
मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली नेपाल एपिएफ क्लब गरी आठ टोलीको सहभागिता रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्वकप २०२६: इरानको साहसी प्रतिरोध, काबो भेर्डेको ऐतिहासिक चम्किलो प्रदर्शन
फिफा विश्वकप २०२६ अन्तर्गत आइतवार भएका दुई खेलले समर्थकलाई फरक–फरक अनुभव दिलाए। एउटा खेल गोलरहित बराबरीमा टुंगियो...
एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...
एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व...
नेपालको मौसम आज बदली
एनपीएलमा आज दुई खेल, प्लेअफका लागि पोखरा र चितवनलाई जित्नैपर्ने दबाब
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । आजको पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खा...
नगदको जमाना गयो ! गोल्डकप विजेतालाई अलैँची पुरस्कार
काठमाडौँ । ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई नगदको सट्टा एक सय ३१ केजी ९तीन मन ११ किलोग्राम० अलैँची पुरस्कार उपलब्ध गराइएको छ । बिहीबार भएको फाइनल खेलमा गणेश...



