मङ्गल, ०३ चैत २०८२

२४ घण्टामा उपत्यकामा एक हजार ९२२ चालक ट्राफिक कारबाहीमा, रु ५.११ लाख राजस्व सङ्कलन

Main News Image

काठमाडौँ, १४ असारः काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९२२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरेर सवारी चलाउने ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ७८, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२९ तथा तीव्र गतिमा सवारी चलाउने १३९ चालक रहेका छन्।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारी सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारी चलाउने ७० तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९६ चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

नेप्सेमा उत्साह कायम : परिसूचक २७.८५ अंकले उकालो, कारोबार रकम झन्डै ६ अर्ब

काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सच...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ, ९२ लाख हिनामिनाको आरोप

काठमाडौँको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थामा रकम अपचलन भएको आरोपमा प्रहरीले संस्थाकी अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ।

<...